लेखनाथ हाफ म्याराथनको उपाधि रामजीलाई

पाेखरा | जेठ २७, २०८०

लेखनाथ हाफ म्याराथनको उपाधि रामजीलाई

पोखरा:   पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको लेखनाथ हाफ म्याराथन–२०८० को उपाधि रामजी बस्नेतले जितेका छन् । शनिबार भएको दौडको निर्धारित २१ किलोमिटर दुरी एक घण्टा १३ मिनेट ३३ सेकेण्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् । 


कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा भएको म्याराथनमा मोहनदेव जोशी द्वितीय र अनिष गुरूङ तृतीय भए । जोशीले एक घण्टा १४ मिनेट दुई सेकेण्ड र गुरूङले एक घण्टा १८ मिनेट आठ सेकेण्डमा दौड पूरा गरेको रेस डाइरेक्टर सिद्धान्त अधिकारीले जानकारी दिए । 


महिला खुल्ला १० किलोमिटर दौडतर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम, आशा राउत द्वितीय र सुमित्रा चौधरी तृतीय भए । न्यौपानेले एक घण्टा ६ मिनेट ३७ सेकेण्ड, राउतले एक घण्टा सात मिनेट २१ सेकेण्ड र चौधरीले एक घण्टा आठ मिनेट १६ सेकेण्डमा दूरी पूरा गरेको आयोजकले जनाएको छ । म्याराथन र महिला १० किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँको साथमा मेडल र प्रमाण–पत्र पाएका छन् । २१ किलोमिटरको म्याराथनमा प्रथम, द्वितीय र तृतीय भएकालाई लेखनाथ उद्योग वाणिज्य संघले पुरस्कारमा १०–१० हजार रूपैयाँ प्रोत्साहनबापत दिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।  


पाँच किलोमिटर छात्रा विधामा नारायणी भण्डारी प्रथम भइन् । उनले २४ मिनेट ५०  सेकेण्डमा दूरी पार गरिन् । मेनुका अधिकारी र एञ्जल अधिकारी क्रमश ः २५ मिनेट ३८ सेकेण्ड र २६ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै द्वितीय र तृतीय भए । 


छात्रतर्फ १७ मिनेट ४० सेकेण्डमा पाँच किलोमिटर दूरी पार गरेर तेन्जोन रोका प्रथम भए । विवेक परियार १७ मिनेट ५० सेकेण्डमा र सुनिल वि.क १७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गरेर क्रमशः द्वितीय र तृतीय भए । पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय भएका छात्र–छात्राले १५ हजार, १० हजार र पाँच हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाएका छन् । 


चेतनाथ पोखरा च्याम्पियन


धावक चेतनाथ चालिसे पोखरा च्याम्पियन घोषित भए । उनले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । 


म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका चालिसेले पोखरा च्याम्पियन उपाधि हात पारेका हुन् । चालिसेले २१ किलोमिटर दौड एक घण्टा ३१ मिनेट ४५ सेकेण्डमा पूरा गरेका थिए । उक्त समयमा निर्धारित दूरी पार गर्दा उनी १३ औं भएका थिए । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । 
 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्